Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

2017-11-19

इन्सेक रूकुम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्सिर ३ गते जिल्लाका विभिन्न स्थानबाट विद्युतीय तार, व्याट्री र दस्तावेजसहित उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) का डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए । यसअघि कात्तिक २३ गते विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य मोतिराम खड्कालाई गिरफ्तार गरेको थियो । यसपटक गिरफ्तार हुनेहरूमा पार्टी जिल्ला सल्लाहकार सदस्य त्रिवेणी गाउँपालिकाका-३ का ५२ वर्षीय प्रेम खड्का, पार्टी जिल्ला सदस्यहरू मुसिकोट नपा-६ का ३८ वर्षीय हिरामणी रावत र मुसिकोट नपा-६ का २९ वर्षीय बालचन्द्र गिरी, किसान सङ्गठन सल्यान-रूकुमका इञ्चार्जसमेत रहेका त्रिवेणी गाउँपालिका-६ का ४१ वर्षीय मकर वली, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष आठविसकोट नपा-५ का २५ वर्षीय सुरेन्द्र बस्नेत, उपाध्यक्ष त्रिवेणी गाउँपालिका-२ का २५ वर्षीय कृष्ण विसी, सचिव त्रिवेणी गाउँपालिका-२ का १७ वर्षीय प्रेमप्रशान्त बोहरा र सहसचिव मुसिकोट नपा-१४ का १८ वर्षीय हरि विष्ट रहेका छन् । त्यस्तै राष्ट्रिय युवा स्वयम्सेवक सदस्य शान्तिनगर गाउँपालिका-५ दाङका २२ वर्षीय उद्धव शाह, पार्टीका कार्यकर्ताहरू चौरजहारी नपा-७ का ४२ वर्षीय कपिलेश्वर विश्वकर्मा, आठविसकोट नपा-११ का ४० वर्षीय गम्भीर सेर्पाली भन्ने गोर्खे कामी, बाँफिकोट गाउँपालिका-४ का १७ वर्षीय पूर्णजङ्ग खड्का, सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय हुकुम खड्का, कुमाख गाउँपालिका सल्यानका २८ वर्षीय गणेश विश्वकर्मा र तुलसीपुर उपमहानगरपालिका-३, दाङका २५ वर्षीय सुरेन्द्रबहादुर गुरूङलाई पनि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम)ले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports