Incident Reports

Bomb goes off in UML candidate house in Parsa

2017-11-21

Madhes, Parsa, Birgunj, Ward 10

An unidentified group has detonated a bomb in the house of provincial candidate of UML Ram Chandra Shah in Birguj sub-metropolitan city-10, Parsa. The IED went off around 7 pm on Tuesday. The window glass has been smashed in the explode where no human casualties have been made. एमाले पर्साका प्रभावशाली नेता, निवर्तमान सांसद एवम् प्रदेशसभा उम्मेदवार रामचन्द्र साहको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित घरमा बम विष्फोट भएको छ । बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका संसदको घरको पूर्वपट्टी झ्यालको तल बम विष्फोट भएको हो । रानीघाटमा कुमारीमाई मन्दिर भन्दा पछाडि साहको घर छ । विष्फोटबाट ठूलो आवाज आएको स्थानीय बासिन्दाले बताएका छन् । विष्फोटको आवाज आएपछि स्थानीय आतंकित छन् । निवर्तमान संासद घर बाहिर रहेको समयमा साँझ सवा ७ बजेतिर विष्फोट भएको हो । सुतली बम विष्फोट भएको आशंका गरिएको छ । घरमा छोरा, बुहारी, नाति नातिनीहरु मात्रै रहेको समयमा विष्फोट भएको निवर्तमान सांसद साहले बताए । ‘म त घर बाहिरै थिएँ, विष्फोटको आवाज आएको परिवारले बताएपछि घर आएँ, पड्केको ठाउँमा प्लाष्टिकको टुक्रा भेटिएको छ ।’ प्रदेस सभा सदस्यका उम्मेदवार साहले भने ‘झ्याल नजिकै भएको विष्फोटबाट घरको झ्यालको सिसा फुटेको छ, घरमा रहका छोरा बुहारी, नाति नातिनीहरु आत्तिएका छन् । ‘ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले के पड्क्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘विष्फोट भएको छ, मानवीय क्षति भएको छैन् । घरको झ्यालका शिशा फुटेका छन् ।’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने ‘ प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments