Incident Reports

रामेछापको बेथानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा

2017-11-21

Bagmati, Ramechhap, Sunapati, Ward 4

जिल्ला प्रशासन कार्यालय रामेछापले मङ्सिर ४ गते सूचना प्रकाशन गरी सुनापति गाउँपालिका-४ बेथानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रशासनले मङ्सिर ५ गतेबाट लागु हुने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो । मङ्सिर ५ गते वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा जुलुश भीड वा सङ्ठित समूहबीच हिंसात्मक वा विध्वंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । सो क्षेत्रको वरपर चुनावी कार्यक्रम नगर्न/नगराउन राजनीतिक दलहरूलाई आग्रह गरिएको छ । वाम गठबन्धनले मङ्सिर ५ गते बेथानमा वृहद जनसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । सोही दिन काङ्ग्रेसले पनि सोही स्थानमा सभा गर्ने तय गरेको थियो । दुवै दलहरूलाई कार्यक्रम नजुधाउन आग्रह गर्दा पनि कार्यक्रम जुधाएकाले यसो गर्नु परेको प्रशासनको प्रष्टोक्ति छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments

Related Reports