Incident Reports

ओखलढुंगामा कांग्रेस-बाम गठबन्धनबीच कुटाकुट, ३ घाइते

2017-11-23

Province 1, Okhaldhunga, Champadevi, Ward 9

नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । चम्पादेवी गाउँपालिका ९ विलन्दुमा दोहोरो झडप भएको हो । झडपमा परी काग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाइते भएका छन् । जिल्लाको चम्पादेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुँदा नेपाली काग्रेसका कार्यकर्ता उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका थिए । झडपमा परि घाइते भएका दुई जना को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । कांग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको र काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेका ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । रातको समयमा अचानक दुई समुहबिच जम्काभेट हुदाँ झडप भएको हुन सक्ने प्रहरी प्रमुख तिमिल्सिनाको भनाई छ । सोही घटनाको प्रतिशोध लिएर विहीबार दिउँसो कांग्रेस नेता तथा कार्यकर्ताहरुले वाम गठबन्धनका ४० वर्षीय काजी सार्कीलाई घरमै गएर आक्रमण गरेका थिए । उनी गम्भीर घाइते भएको गठबन्धनका नेता सुरेश थापाले बताए । वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नबराज केशीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ । गठबनधनका नेता विनोद सुनुवारले गाउँपालिका प्रमुख नबराज केशीले नै घरमा बसेका व्यक्तिलाई कुटपीट गरेको आरोप लगाए । घटनाबारे बुझ्न टेलिफोन गर्दा गाउँपालिका प्रमुख केशीको फोन दिनभरी लागेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC

0 Comments

Related Reports