An unidentified group exploded bombs near Phedikhola booth in Madikhola Rural Municipality-1, Rolpa on Sunday. According to Khelmraj Oli, a cadre of Nepali Congress, 2-3 bombs were exploded in Salleri jungle at 8:45 AM in the morning. Oli also added that despite the explosion, the voting continued and the locals weren't scared at all. Nepal Police, Nepal Army and Armed Police Force have been providing security to that area thereafter.
रोल्पाको एउटा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। माडीखोला गाउँपालिका वडा नं. १ स्थित पेदीखोला मतदान केन्द्र नजिकै वम विस्फोट गराइएको हो । उक्त मतदान केन्द्रमा मतदानका लागि पुगेका नेपाली काँग्रेसका कार्यकर्ता खेमराज वलीका अनुसार आइतवार विहान ८ ः ४५ बजेतिर उक्त मतदान केन्द्रको झन्डै तीनसय मिटर माथिको सल्लेरी जंगलमा दुई तीन वटा बम विस्फोट गराइएको थियो । बम विस्फोट गराइएको भएपनि स्थानीय मतदाता भने विचलित नभएको र मतदान जारी रहेको वलीले जानकारी दिए । त्यहाँ नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेकोले मतदान विचलित नभएर मतदान गरिहेको घटनास्थलबाट वलीले जानकारी दिए।