An unidentified group detonated bomb and fired shot in Patlekhola are of Dhankuta on Monday morning. According to DPO Dhankuta chief Sudip Rajbhandari a gun shot was heard half an hour after a loud explosion. The District Administration Office has deployed Nepal Police, APF, and Nepal Army to locate the site of the incident. Police are further investigating on the incident.
धनकुटामा सोमबार बिहानै विस्फोट र फाइरिङको घटना भएको छ । बिहान करिब पौने चार बजे विस्फोटक पदार्थ विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट भएको करिब आधा घण्टापछि पुन: फाइरिङ भएको आवाज आएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।
घटनास्थल पहिचानका लागि सबेरैदेखि नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेना परिचालित भएपनि हालसम्म फेला पार्न नसकेको सुरक्षा स्रोतको भनाई छ । विस्फोटको आवाज सुनिएको स्थान सदरमुकामबाट दक्षिण पश्चिमको पात्ले खोला आसपासको क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । विस्फोटन आवाज सदरमुकाम लगायत आसपासका क्षेत्रमा सुनिएको थियो । गत साता पनि जिल्लाको साप्तिङटारमा बम विस्फोट भएको थियो ।