The victims’ party accused that UML cadres were attacked by the cadres of Nepali Congress at Bhimad Municipality-5 on December 7.
UML cadre Shyam Krishna Gaire accused that UML cadres were attacked by the NC cadres at around 7 pm by obstructing the road.
The cadres had attempted to capture the booth according to UML. UML cadre Tul Bahadur Thapa was rescued by the police from the jungle.
In an attack, UML cadres Babu Ram Gaire, Arjun Gaire and Shyam Krishna Gaire were injured. They sustained head injuries according to the police and receiving treatment at Setiganga Hospital.
The UML party is preparing to lodge complaint at Area Police Office of Bhimad.
भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
सो ठाउँको गणेशमान स्मृति प्राविमा मतदान सम्पन्न भई सुरक्षाकर्मीले मतपेटिका सदरमुकाम दमौली ल्याइसकेपछि राति करिब ७ बजेको समयमा काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको नेकपा एमालेका कार्यकर्ता श्यामकृष्ण गैह्रेले आरोप लगाए ।
सो मतदान केन्द्रमा नेपाली काङ्ग्रेसले बुथ कब्जा गर्ने पटक-पटक प्रयास गरेकोमा एमालेका कार्यकर्ताहरूले रोकेपछि आक्रोसित बनेका काङ्ग्रेस कार्यकर्ताले राती घर फर्किरहेका एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको गैह्रेले बताए ।
कुटपिटपछि नेपाली काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ता तुलबहादुर थापालाई मोटरसाइकलमा चढाएर लगि सोही स्थानको सेरघाट भन्ने स्थानमा फालेर भागेको इलाका प्रहरी कार्यालयका भिमादका सई लालबहादुर क्षेत्रीले बताए । थापालाई खोज्दै गएको प्रहरीले जङ्गल बिचमा भेटेर उद्धार गरेको उनले बताए ।
आक्रमणमा परी थापासहित एमाले कार्यकर्ताहरू बाबुराम गैह्रे, अर्जुन गैह्रे, राजेन्द्र गैह्रे र श्यामकृष्ण गैह्रे घाइते भएका नेकपा एमाले भिमादले जनाएको छ । थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको उपचार सेतीगङ्गा अस्पताल बेलचौतारामा भइरहेको छ भने टाउकोमा गहिरो चोट लागेका अर्जुनलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।
नेकपा एमालेले काङ्ग्रेस कार्यकर्ताद्वारा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै कारबाहीको माग गर्दै इप्रका भिमादमा उजुरी दिने तयारी गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय भिमादका सई क्षेत्रीले घटनाको थप अनुसन्धान भइरहेको र उजुरी पाएपछि कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।