Incident Reports

Police fire warning shots, tear gas after SSFN, NC cadres clash in Bara

2017-12-13

Madhes, Bara, Pacharauta

Tension ran high in Pacharauta Municipality of Bara district following a clash between the cadres of Sanghiya Samajbadi Forum Nepal (SSFN) and Nepal Congress (NC) during a victory rally on Wednesday. Police fired dozens of bullets and scores of tear gas canisters to take the situation under control. Some locals and police personnel were injured in the clash. According to police, the clash ensued when the victory rally of SSFN General Secretary Ram Sahaya Prasad Yadav, who was elected to federal parliament from Bara-2, reached near the house of Mani Bhusan Kumar Yadav. Mani Bhusan was NC’s provincial assembly candidate. Mani Bhusan Yadav was defeated by Bachha Raut Ahir of SSFN in the race for provincial assembly seat. Additional police personnel under the command of DSP Bhuneshwor Sah have been sent to the incident site. Elected candidates, who were taking part in the victory rally, have been provided special security. बाराको क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभामा दुबै स्थान जितेका संघीय समाजबादी फोरमको विजय जुलुसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । बाराको पचरौता नगरपालिका ४ बेलदारीमा बुधबार दिउँसो साढे ३ बजे संघीय समाजवादी फोरमको विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न केहि २० भन्दा बढी हवाई फायर गरेको छ । बाजागाजासहित झुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय कांग्रेस कार्यकर्ताले जितिसकेपछि बाजागाजा र गानाबजाना बजाएर हल्ला नगर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ । स्थानीयका अनुसार कांग्रेसका कार्यकर्ताले सामान्य रुपमा तडक भडक नगरी जुलुसमा खुसियाली मनाउन आग्रह गर्दागर्दै फोरमका कार्यकर्ता आक्रामक बनेपछी विवादले झडपको रुप लिएको हो । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजबादी फोरमका रामसहाय यादवसहितको र्‍याली निकालिएको थियो । यता बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछी सुरुमा लाठीचार्ज गरेको बताएका छन् । झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाइते भएका छन् । झडपमा परी र्घाते हुनेमा एक प्रहरी नायव नीरीक्षक र ३ म्यादी प्रहरी रहेका छन् । स्थिति असामान्य बन्दै गएपछि केही अश्रुग्यास र हवाईफायरसमेत भएको स्वीकार गर्दै वैदवारले घटनास्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् । घटना स्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरिक्षक भुवनेस्वर प्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Madhes-based Parties Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments