Incident Reports

गाउँ निकाला गर्ने विरुद्ध कारवाहीको माग l

2013-07-21

DM Chamling खोटाङ । ०७० साउन ७ गते वाप्लुखा गाविस-४ का ६० वर्षीय निम्साङ शेर्पा र ६० वर्षीया सोनाम शेर्पालाई झुठो आरोप लगाई गाउँ निकाला गरेको आरोपमा तेन्जी शेर्पा, पल्ले शेर्पा, निर्वु शेर्पा, रिङ्जे शेर्पा र फुर्दुकी शेर्पालाई कारबाहीको माग गर्दै स्थानीयवासीहरूले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । नाताले सम्धी-सम्धिनी पर्ने उनिहरूलाई सँगै बसेको देखेपछि अनैतिक सम्बन्ध रहेको आरोप लगाउँदै आरोपितहरूले साउन १ गतेदेखि गाउँ छोड्न दुवैजनालाई दवाव दिई कागजमा सहीछाप गराई गाउँ निकाला गरेका थिए । गाउँ निकालामा परेका दुवैजनाको छोराछोरी र परिवार काठमाडौमा बस्दै आएका छन् । आरोपित व्यक्तिहरूको दवावपछि निम्साङ साउन १ गतेदेखि र सोनाम साउन ३ गतेदेखि गाउँबाट बेपत्ता भएकोको कारण उनीहरूलाई कारबाही गर्न उजुरीमा उल्लेख गरिएको छ । सामाजिक कार्यकर्ता तथा स्थानीयवासी मिनिका शेर्पाको सहयोगमा र गाउँलेले आरोपित व्यक्तिहरूको विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । उनिहरूले राष्ट्रिय मानवअधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङमा समेत साउन ४ गते उजुरी दिएका छ्न । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गा रेग्मीले उजुरी पश्चात तत्काल इलाका प्रहरी कार्यालय खोटाङबजारलाई घटनाको छानविन गर्न आदेश दिईएको बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis