Incident Reports

दुर्व्यवहार पीडित महिला विस्थापित , पीडित पत्रकारद्वारा आयोगमा उजुरी l

2013-07-23

Province 1, Morang, Belbari

Dipen Neupane मोरङ । ०७० साउन ९ गते स्थानीयद्वारा दुर्व्यवहार गरिएकी गाविस-३ की ३५ वर्षीया माया सार्की असुरक्षाका कारण देखाउँदै साउन ८ गतेदेखि गाउँबाट विस्थापित भएकी छन् । विस्थापितपछि पीडित १२ वर्षीय छोरा र ८ वर्षीय छोरीसहित इन्द्रपुर गाविस-३ त्रिवेणी चोकस्थित दिदी मैयादेवी सार्कीको घरमा आश्रय लिन पुगेकी छन् । बेलबारी गाविस-३ स्थित माधव ढकालको होटलमा काम गर्ने उनी कामबाट वञ्चित भएकी छन् । उनका पति वैदेशिक रोजगारमा गएका छन् । दुर्व्यवहारपीडित बेलबारी गाविस-३ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्माले राष्ट्रिय मानवअधिकार आयोगमा साउन ८ गते उजुरी दिएका छन् । उजुरीमा दुर्व्यवहार गरी प्रहरी कार्यालयमा जबर्जस्ती सहमति गराइएकोले छानविन गरी पाउँ भनी उल्लेख गरेको आयोगका प्रमुख कोषराज न्यौपानेले बताए । घटना साउन ७ गते भएको थियो । उनले र सोही ठाउँकी २५ वर्षीया माया सार्कीलाई प्रहरीमा झूठा उजुरी दिएको आरोपमा स्थानीय महिलाहरुले साउन ७ गते कुटपिट गरी जुत्ता मोसो दलेर दुर्व्यवहार गरेका थिए । पीडितद्वयलाई बेलबारी-३ कै हिमालय बोर्डिङ स्कुल परिसरमा उजुरी दिएका विषयमा छलफल गर्न भेला भएको समूहले कुटपिट र दुर्व्यवहार गरेको स्थानीय पत्रकार नरेन्द्र बस्नेतले बताए । मायाले स्थानीय मिलन भेटुवालले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा साउन ६ गते उजुरी दिएको र उजुरीपछि प्रहरीले भेटुवाललाई गिरफ्तार गरेको थियो । मायाले दिएको उजुरी झूठा ठहर भएपछि भेटुवालसहित भेला भएको गाउँले महिला समूहले मनोज र मायालाई मोसो दलेको र कुटपिट गरेको थियो । पीडित पत्रकार मनोजले इलाका प्रहरी कार्यालय बेलबारीमा दुवै पक्षबीच साउन ७ गते सहमति भएको भए पनि करकापमा भएको बताए । इलाका प्रहरी कार्यालय बेलबारीका सई प्रदीप पोखरेलले उजुरी दिएमा कारबाही गरिने बताए । सो घटनाको अनुगमन गर्न साउन ९ गते अधिकारकर्मीहरुको टोली घटनास्थल हिँडेको छ । अनुगमन टोलीमा इन्सेक जिल्ला प्रतिनिधि दीपेन नेउपाने, ओरेकका जिल्ला संयोजक लेखना कटुवाल, रिडेफ नेपालका अध्यक्ष, कोकोनकी मञ्जिता उपाध्यायलगायत सहभागी छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis