Pratap Bishta
मकवानपुर । ०७० साउन १३ गते
सुस्तमनस्थिति तथा अपाङ्ग किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।
जिल्ला न्ययाधीश टेकनारायण कुँवरको ०७० साउन ११ गते बसेको इजलाशले काठमाण्डौ मच्छेगाउँका २५ वर्षीय श्यामलाल श्रेष्ठलाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । ०७० असार ६ गते एक १५ वर्षीया अपाङ्ग किशोरीलाई अभियुक्त श्रेष्ठले गोठालो गएको अवस्थामा मुख थुनेर बलात्कार गरेको आरोप बालिकाका परिवारले लगाएका थिए ।
प्रताप विष्ट