Incident Reports

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

2018-02-03

Province 1, Sunsari, Inaruwa

सुनसरी सदरमुकाम इनरुवा ६ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकले लामो समयदेखि विद्यालयमा अध्ययनरत छात्राहरुलाई यौनदुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ। जनता माविमा ३ वर्षदेखि प्रधानाध्यापकको रुपमा कार्यरत कृष्ण तिम्सिनाले किशोरी छात्राहरुलाई कक्षा कोठामा, चौरमा र एकान्त स्थानमा बोलाएर यौनजन्य शब्दहरु बोल्ने तथा शरीरमा सुमसुम्याउने गरेको पीडित छात्राहरुले बताएका छन्। विद्यालयका एक शिक्षक चिरञ्जिबी रेग्मीले तिम्सिनामाथि छात्राहरुलाई यौनदुर्व्यवहार गरेको गम्भीर आरोप लागेकाले वास्तविकता अविलम्ब छानविन हुनुपर्ने बताए। रेग्मीले प्रधानाध्यापक दोषी पाइए कडा कारबाही हुनुपर्ने बताउँदै गलत कार्यको संरक्षण गर्ने सवालमा शिक्षकहरु सहमत हुनै नसक्ने उनको भनाई छ। प्रधानाध्यापक तिम्सिना आफ्नो गल्ती मान्न तयार छैनन्। उनले छात्रालाई अस्वस्थजस्तो देखेपछि बोलाएर पेट दुखे जस्तो छ। महिनाबारी भएको बेलामा अमिलो पिरो चटपटे खानुहुँदैन्। बरु घर गएर आराम गर भन्ने सल्लाह मात्रै दिएको बताए। उता घटनाका सम्वन्धमा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले विद्यालयका छात्राहरुमाथि कुनैपनि किसिमको शारिरीक तथा मानशिक शोषण हुने कार्य यौनशोषण हुने भएकाले दोषीलाई कारवाही गर्ने बताए। जिशिअ सुवेदीले बालबालिकामाथि हुने यौनदुर्व्यवहार र हिंसाका सम्बन्धमा अविभावकलाई समेत सचेत हुन आग्रह गरे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments