Incident Reports

Step daughter raped

2017-10-31

Province 1, Terhathum, Laligurans, Ward 3

[Updated] 15 years old stepdaughter was raped by middle-aged stepfather, a resident of Musangkhel, Basantapur, Laligurans municipality 3. The stepfather had been threatening and raping the girl since August which has now been reported to police by the girl and her mother. The girl has been pregnant after the rape. The father is on the run. लालीगुराँस नगरपालिका ३ वसन्तपुर मुसाङखेलका एक अधवैंसेले १५ वर्षीया झड्केली छोरीलाई बलात्कार गरेको आरोप लगाउदै आमा छोरीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । अधवैंशे बुवाले डर धम्की देखाएर १५ वर्षीया छोरीलाई गत भदौदेखि पटकपटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएका हुन् । बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । छोरीको पेटमा ५ महिना बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएको ईलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रमुख सई कुलवहादुर खड्काले बताए । गत भदौ महिनादेखि आफुलाई बुवाले पटकपटक वलात्कार गरेको बालिकाले बयान दिएको प्रहरीले जनाएको छ । झड्केली छोरी बलात्कार गर्ने बुवाको ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ । बालिकाकी आमाले आफु घरमा नभएको मौकी छोपी छोरीलाई डर त्रास देखाएर श्रीमानले पटकपटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेकी छन् । श्रीमान पुर्वी तराईमा अर्की श्रीमतीसंग बस्दै आएको आमाको भनाई छ । अर्की श्रीमती ल्याएर तराईमा बस्दै आएका श्रीमान् गत भदौ महिनादेखि बाक्लै रुपमा आफ्नो घरमा आउजाउ गरिरहेका थिए । घरमा श्रीमानको आउजाउ बढेसंगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा बुवाले पटकपटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाइ छ । गरिवीका कारण आफु कामका लागि अन्यत्र जाने गरेको र त्यही मौका छोपेर श्रीमानले छोरीको बलात्कार गरेको आमाको आरोप छ । बलात्कृत वालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याईएको प्रहरीले जनाएको छ । किटानी जाहेरी आएकाले जवरजस्ती करणीमा आईतवार बेलुकीसम्ममा मुद्दा दर्ता गरिने प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताए । हाडनाता भित्र बालात्कृत भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धन थालिएको भुजेलको भनाई छ । हाडनाता भित्र बलात्कार भएकाले अनुसन्धान पछि दोसी पाईए हाडनाता करणी अन्तर्गतसमेत मुद्दा चलाईने प्रहरीले जनाएको छ । घटना सार्वजनिक भए लगत्तै तराईमा बस्दै आएका आरोपी बावु त्यहाँबाट पनि फरार भएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । Update... १५ वर्षीया बालिकालाई बलात्कार गरी नौ महिनादेखि फरार रहेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ का ५६ वर्षीय शङ्कर थापालाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ माघ २० गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिए पनि आरोपित नौ महिनादेखि फरार रहेका थिए । आरोपितलाई काठमाडौँस्थित गौशाला एरियाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ माघ २१ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments