Incident Reports

इटहरीमा कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ

2018-02-05

Province 1, Sunsari, Itahari, Ward 12

सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चौकमा एक जना व्यक्ति कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-१ नमुना बस्तीका ३२ वर्षीय रत्न तामाङ छन् । उनलार्इ शंकास्पद तवरले हिँड्दै गर्दा चेकजाँच गर्ने क्रममा एक थान पेस्ताेल र दुर्इ राउन्ड गाेलीसहित पक्राउ गरिएकाे प्रहरी चाैकी खनारले जनाएको छ । तामाङको साथबाट केही परिमाणमा लागूऔषध गाँजा समेत बरामद भएको छ। थप अनुसन्धानका लागि उनलार्इ ईलाका प्रहरी कार्यालय इटहरी पठाइएको जनाइएको छ ।
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis