Incident Reports

हिन्दीमा सम्बोधन गरेको विरोधमा जनकपुरमा राजपा र फोरमको पुत्ला दहन

2018-02-06

Madhes, Dhanusha, Janakpur

प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको भन्दै धनुषाको जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ । स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाएका हुन् । माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए । यो सगै देश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् । पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो । मातृभाषामा नगरी हिन्दीमा संम्बोधन गरेकाले विरोध जनाएको स्थानीय युवक सुशील कर्णले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari

0 Comments