Incident Reports

अनेरास्ववियु बताउनेहरुले कृषि क्याम्पसमा तोडफोड गरे

2018-02-06

Lumbini, Dang, Tulsipur, Ward 6

६ क्याम्पस रोडस्थित क्याम्पस अफ लाईभ साईन्सेस क्याम्पसमा मंगलवार दिउँसो आफुलाई अनेरास्ववियुको नतो बताउने सर्जन परियारको समुहले तोडफोड गरेको भन्ने जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । परियार नेतृत्वमा आठ वटा मोटरसाईलमा आएका झन्डै १६ जना युवाहरु मध्ये ८ जना जत्तिले क्याम्पसका झ्याल, ढोका र फर्निचरमा तोडफोड गरेर फरार भएको प्रहरीले बताएको छ। उक्त क्याम्पस तोडफोड हुनुको मुख्य कारण भने अनेरास्ववियु भित्रको आन्तरिक विवादलाई मानिएको त्यहाँ उपस्थित कतिपयले बताएका थिए । झन्डै एक महिना अघि अनेरास्ववियु दाङका अध्यक्ष बिरवल खड्कालाई जनता विद्यापिठ विजौरीमा सांघातिक आक्रमण गर्ने अनेरास्ववियुकै पूर्व उपाध्यक्ष सर्जन परियार नेतृत्वको टोलीले क्याम्पसमा तोडफोड गरेको त्यहाँ पुगेका एकजना विद्यार्थी नेताले बताए । आफुमाथि हातपात र अभद्र व्यवहार भएको आसयसहितको पत्र लेखेर भित्तामा टाँसी क्याम्पस प्रशासनले माफि माग्नुपर्ने मागगर्दै तालावन्दी गर्नुपरेको उनीहरुले टाँसेको विज्ञप्तिमा उल्लेख छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None , None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org , UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments