Incident Reports

प्रहरी चौकीमै प्रहरी जवानमाथि छुरा प्रहार l

2013-07-29

Nawaraj Pathik रामेछाप । ०७० साउन १५ गते प्रहरी चौकी सेलेघाटका प्रहरी जवान मिनबहादुर खड्कालाई साउन १४ गते अपराह्न प्रहरी चौकीभित्रै छुरा प्रहार गरी घाइते बनाइएको छ । प्रहरी जवान खड्कालाई भलुवाजोर गाविस-८ घर भई गोर्खा बक्स गण प्युठानमा कार्यरत २८ वर्षीय दीलबहादुर माझीले छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । माझी विदामा घरमा आएका थिए । प्रहरी चौकीमा गफ गरिरहेको माझीले प्रहरी जवान खड्कालाई एक्कासी छुरा प्रहार गरेका थिए । उनको देब्रे गालामा छुरा प्रकार गरिएको थियो । घाइते उनलाई उपचारको लागि काठमाडौँ लगिएको छ भने घटनामा सङ्लग्न माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माझीले के कारणले प्रहरी जवान खड्कामाथि छुरा प्रहार गरेको हो सोको कारण भने खुल्न सकेको छैन । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis