Incident Reports

‘खाजा खुवाउने’ भन्दै बालिका बलात्कार

2018-02-08

Lumbini, Banke, Nepalgunj

नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन्। बिहीबार राती करिब सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। पीडित युवतीले आफै प्रहरीलाई खबर गरेपछि एकजना आरोपी पक्राउ परेका छन् भने मुख्य आरोपी प्रहरीको आँखा छलेर भागेका छन्। सँगै आएकी अर्की युवतीलाई बलात्कारको प्रयास गर्ने सुरेन्द्र बुढालाई कोहलपुर प्रहरीले बिहीबार राती नै पक्राउ गरेको छ भने, बलात्कारमा संलग्न रुकुम चौरजहारीका २१ वर्षीय गोपाल ऐरी फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख राजेन्द्र अर्यालले बताए। होटलमा बलात्कार भएको घटना राती साढे १० बजेतिर मात्र थाहा भएको प्रहरीले जनाएको छ। ‘पीडित बालिका आफै आएर पुष्पलाल चोकमा रहेको प्रहरी बिटलाई घटनाको बयान दिएकी थिइन्। प्रहरीले होटलमा छापा मारेको थियो। पीडित बालिकाको उद्धार गरी प्रहरीले स्वास्थ्य परिक्षण गरिसकेको जनाएको छ। स्वास्थ्य परिक्षणका क्रममा बालिका बलात्कृत भएको संकेत देखिएको प्रहरी स्रोतले जनाएको छ। नेपालगन्जमा रहेका ठूला होटलहरु नै असुरक्षित देखिएका छन्। एकपछि अर्को श्रृंखलाबद्ध तरिकाले नाम चलेका होटलमा नै महिला बलात्कारको शिकार हुन थालेपछि सबैको चासो यहाँका होटलहरु प्रति गएको छ। एक महिनाअघि मात्रै तीन तारे होटल सिग्नेट इन कृष्णामा दुई युवती माथि बलात्कार प्रयास भएको घटना सेलाउन नपाउँदै बिहीबार राती पुनः दरबार होटेलमा एक बालिका बलात्कारको घटना सार्वजनिक भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , Local Newspaper - Banke

0 Comments