Incident Reports

सात वर्षीया बालिका बलात्कृत

2018-02-10

Province 1, Sunsari, Barah, Ward 1

सुनसरीको बराह नगरपालिका–१ खहरे बस्ने सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १५ वर्षीय छिमेकी किशोर खेमराज परियारले जबर्जस्ती बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् । गत शनिबार साँझ पाँच बजे घर नजिकैको एकान्त स्थलमा फकाएर लगेपछि लुगा खोलेर ‘नराम्रो काम’ गरेको बयान बालिकाले दिएको बराह नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा प्रमुख सई चक्रमणी थापाले बताए । उनका अनुसार बालिकाको गोप्य अंग सुन्निएको छ । घटना पछि पिडा सहन नसकेर बालिकाले घरका सदस्यहरुलाई सुनाएपछि सोमबार बिहान बालिकाका बुबाले प्रहरीलाई जाहेरी दिएका थिए । पक्राउ परेका परियाले आफूले बलात्कार नगरेको दाबी गरिरहेका छन् । उनी स्कूल छाडेका किशोर हुन् । जाहेरी दिए लगतै साधा पोशाकमा खटिएका प्रहरीले खहरेस्थित घरबाट परियारलाई पक्राउ गरी हिरासतमा लिएको र थप कारवाहीकालागि इलाका प्रहरी कार्याललय महेन्द्रनगर चक्रघट्टी पठाएको सई थापाले बताए । आरोप प्रमाणित भएमा परियारलाई सुधार गृह पठाउन सकिने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 00
National/Online Media

0 Comments