Incident Reports

Brother murders sister after rape in Saptari

2018-02-08

Madhes, Saptari, Khadak, Ward 9

In a heinous incident, a boy murdered his 11-year-old sister after raping her in Saptari district of Province 2. Rajdev Mandal, 18, of Lalpatika, Khadga Municipality-9 in the district, allegedly killed his uncle’s daughter after sexually assaulting her, said SP Mukesh Kumar Singh. Although the incident took place on February 8, police revealed it only on Friday fearing the suspect could flee. The accused is now in police custody. Mandal was made public in front of media at Saptari District Police Office today. सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् । बलात्कारपछि बहिनीको हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको खडग नगरपालिकाका राजदेव मण्डल (दायाँबाट दोस्रो) लाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार सार्वजनिक गरिँदै । गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले आरोपी पक्राउ परेपछि मात्रै शुक्रबार घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरिएको थियो । आरोपी राजदेव गत पुस २५ गते साँझ ५ बजे आफनै कोठामा रहेकी काकाकी छोरी भेटन गएका थिए । कोठाभित्र ब्लाङकेट ओढेर सुतिरहेकी बहिनीलाई राजदेवले बलात्कार गर्न खोजेपछि उनी ब्युझिएकी थिइन् । कोठा बाहिर घरका अन्य सदस्यहरू रहेको बेला राजदेवले बहिनीलाई जबरजस्ती बलात्कार गरेको अनुसन्धानवाट देखिएको उक्त घटनाका अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । बालिका चिच्याउन थालेपछि अरूले थाहा पाउने डरले राजदेवले कुर्ताको तुनाले १५ मिनेटसम्म घाँटीमा कसेर उनको हत्या गरेको अनुसन्धानवाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए । बहिनीलाई बलात्कार गरी राजदेव घरवाट फरार भएका थिए । बालिकाको हत्यापछि उनकै परिवारका सदस्यले घटनालाई भवितव्य बनाउन खोजेको प्रहरीले आरोप छ । पार्वतीको हत्यापछि उनको शवलाई परिवारका सदस्यहरूले तत्कालै जलाउन खोजेका थिए । अनुसन्धान अधिकृत ढकालका अनुसार पार्वतीका मावलीतर्फका आफन्तले अस्पताल लैजानुपर्ने अडान लिएपछि उनलाई कल्याणपुरस्थित एडभान्स अस्पताल पुर्‍याएका थिए । त्यहाँ चिकित्सकले उनी मृत भइसकेको बताएपछि उनको शव सिरहाको लहानस्थित अस्पताल लगिएको थियो । बलात्कारपछि साँझ ५ बजे नै उनको हत्या भए पनि राति १० बजे लहान अस्पतालबाट खवर आएपछि मात्र घटनाबारे प्रहरीले जानकारीपाएको थियो । पीडक परिवारकै सदस्य भएको र बलात्कारपछि बहिनीको हत्या गरेको विषय सार्वजनिक भए परिवारको प्रतिष्ठामा आँच आउने भन्दै परिवारका सदस्यहरूले घटनालाई भवितव्यमा परिणत गर्न खोजेको अनुसन्धान अधिकृत ढकालले बताए । तर लहान अस्पतालमा चिकित्सकले मृतकको घाँटीमा निलडाम देखेको र गोप्य अंगको अवस्थाले बलात्कार भएको आशंका गरेपछि मात्र प्रहरी बलात्कार र कर्तव्यज्यानको हिसाबले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएको छ । केही स्थानीयवासीले दिएको गोप्य सूचना र राजदेवलाई निगरानीमा राखेर परिवारका सदस्यहरूको बयानलाई सूक्ष्म तरिकाले अनुसन्धान गर्दा राजदेव दोषी पाइएपछि उनलाई गत माघ २८ गते प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आरोपी राजदेवले आफू भावाबेशमा आएर बहिनीलाई बलात्कार गरेको स्वीकार्दै उनी चिच्याउन थालेपछि कुर्ताको तुनाले घाँटी थिची हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक ढकाललेजानकारी दिए । ‘सामाजिक संरचना र पारिवारिक निकटता हुँदाहँुदै यो घटना अत्यन्तै क्रुर र पासविक ढंगको छ,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘परिवारले नै घटना ढाकछोप गर्न खोज्दा प्रहरीलाई अनुसन्धान गर्न सुरुमा समस्या पर्‍यो ।’ परिवारबाटै तत्काल पाउनुपर्ने सूचनाहरू नपाउँदा प्रहरी अनुसन्धानमा अप्ठ्यारोमा परेको थियो । मुलुकी ऐन जबरजस्ती करणी महलको १४ को १ नम्बर बमोजिमको कसुरअपराधमा वा सोही ऐनको दफा ३(२)मा १० वर्ष वा सोभन्दा बढी तथा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । साथै हाडनाता करणी गर्नेलाई थप ३ वर्ष कैद हुन सक्ने कानुनी व्यवस्था रहेको छ । यस्तै मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बर बमोजिमको कसुर अपराध वा सोही ऐनको दफा १३(३) मा कुनै कारणबाट कोही कसैको ज्यान मारेमा मार्ने व्यक्तिलाई सर्वस्वसहित जन्मकैदको सजायसम्बन्धी कानुनी व्यवस्था रहेको प्रहरी उपरीक्षक सिंहले बताए । यो घटनामा उक्त दुबै मुद्दा चलाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat , Local Newspaper - Jhapa

0 Comments