Incident Reports

Impunity remains entrenched in Nepal: Amnesty International

2018-02-24

Bagmati, Kathmandu, Kathmandu

Impunity remains entrenched in Nepal as political parties continue to resist amending transitional justice laws, prioritising reconciliation and monetary compensation over truth, justice, reparation and guarantees of non-recurrence, according to the Amnesty International. “No step has been taken towards amending the Act of Commission of the Investigation on Enforced Disappeared Persons and Truth and Reconciliation as directed by the Supreme Court in 2015,” the Amnesty has noted in the global report on the state of world’s human rights 2017/18 launched on Thursday. The report incorporates one year of human rights situation from 159 countries. While pointing out acute shortage of resources, the international human rights watchdog has questioned the capacity of the two transitional justice bodies to deliver truth, justice and reparation to the thousands of war-era victims. Though the two commissions have jointly collected over 63,000 complaints, they have not been able to investigate into a single case so far. The lack of investigation into the killings of hundreds of demonstrators by security forces since 1990 in different parts of the country, including in the Tarai, has been highlighted as another case of impunity. The Amnesty has also raised issues related to the government’s apathy towards migrant workers. “The government failed to deliver effective protection for migrant workers and end the culture of impunity for unlawful and criminal recruitment practices,” reads the report. It says that the migrant workers were systematically subjected to unlawful and criminal conduct by recruitment business and agents. It also claims that some recruiters were directly involved in labour trafficking which is punishable under Human Trafficking and Transportation (Control) Act. “Migrants workers received substantially less in compensation than the amount they claimed for financial harms suffered. Recruitment business continued to use their political influence to prevent investigation, prosecution and redress for their routine abuse and exploitations of migrants,” the report adds. The delay in the reconstruction of homes destroyed by the earthquake and the government’s failure in providing housing to those who lost their houses in the flood in the Tarai have deprived thousands of people from their rights to shelter, according to the report. Nearly 70 percent of the people who lost their home in the earthquake are still living in temporary shelters. गत नोभेम्बरमा नेपाल संयुक्तराष्ट्र संघीय मानवअधिकार आयोगको सदस्यमा निर्वाचित भएकै वर्ष नेपालमा दण्डहीनता बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । एम्नेस्टी इन्टरनेसनलले जारी गरेको प्रतिवेदनमा नेपालमा दण्डहीनता मौलाउँदै गएको देखाएको हो । एम्नेस्टी नेपाल शाखाले बिहीबार सार्वजनिक गरेको विश्वको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमा नेपालमा दण्डहीनताले जरो गाडेको उल्लेख छ । २०७२ सालमा विनाकारी भूकम्पले घरबारविहीन भएका पीडितहरूमध्ये ७० प्रतिशत अझै अस्थायी टहरामा बस्न बाध्य भएको प्रतिवेदनमा भनिएको छ । ‘सरकारले पुनर्निमार्ण अनुदान प्राप्त गर्नका लागि जग्गा धनी पुर्जा देखाउनुपर्ने प्रावधान राखेको छ, यो प्रावधानलाई २५ प्रतिशतबराबरका पीडितहरूले पूरा गर्न नसक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘१०औं हजार भूकम्पपीडितहरू अनुदान प्राप्तिका लागि अयोग्य भएका छन्, यस्तो समस्या सिमान्तकृत तथा दलित तथा अल्संख्यक जातजातिहरूमा देखिएको छ ।’ त्यस्तै, बाढी पहिरोका कारण तराईमा घरबारविहीन भएका पीडितहरूलाई आवश्यक सहायता तथा घरबारको समेत उचित प्रबन्ध नमिलाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको नेपाल खण्डको प्रारम्भमा संविधान जारी हुँदा उपेक्षा गरिएका आदिवासी तथा मधेसी समुदायहरूको मागलाई सम्बोधन नगरिएको समेत उल्लेख छ । तराईमा संविधान संशोधनको माग राखी भएका अन्दोलनमा बल प्रयोग गरिएको र त्यस्ता घटनाको प्रभावकारी छानबिनसमेत नभएको प्रतिवेदनमा उल्लेख छ । गम्भीर मानवअधिकार उल्लंघनका घटनाका हजारौं पीडितहरूलाई न्याय, सत्य तथा परिपूरणको समेत व्यवस्था हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । ‘सुरक्षा निकायले निरन्तर रूपमा अनावश्यक र अत्याधिक तराईमा भएका संविधानसँग सम्बन्धित आन्दोलनमा बल प्रयोग गरेको छ,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘गत मार्चमा सप्तरी जिल्लामा आन्दोलनकारीलाई लक्षित गरी प्रहरीले हतियारको प्रयोग गर्दा पाँच जना आन्दोलनकारीको हत्या र १६ जना घाइते भए ।’ प्रतिवेदनमा नेपालको अपराध अनुसन्धान प्रणाली पुरातन र कठोर रहेको बताइएको छ । ‘गैरन्यायिक हिरासतमा दोष स्वीकार गराउनका लागि व्यापक रूपमा यातना र अन्य दुव्र्यवहार हुने गरेका छन् ।’ १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय, परिपूरण उपलब्ध गराउने प्रतिबद्धताका बाबजुद पनि अझै पनि हजारौं द्वन्द्वपीडितहरूले न्याय, परिपूरण तथा सत्यबारेमा जानकारी पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरूले मानवअधिकार उल्लंघनका घटनाहरूमा प्रभावकारी अनुसन्धान र छानबिन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

0 Comments

Related Reports
Related Trend Analysis