Incident Reports

युवती बलात्कृत

2018-03-09

Lumbini, Kapilbastu, Shivaraj, Ward 10

(PR) साता नबित्दै जिल्लामा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । शिवराज नगरपालिका–१० लालपुर शिहरवाकी २४ वर्षीया युवती बलात्कृत भएकी हुन् । छिमेकी ३२ वर्षे जैफुल्लाह मनिहारले युवतीलाई घरमै पसेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ । घटनापछि युवतीका जेठाजुले मनिहारलाई घरभित्रै थुनेका थिए । मनिहारलाई प्रहरीले हिरासतमा राखेको छ । पीडित परिवारले मनिहार जबरजस्ती घरभित्र पसेर बलत्कार गरेको जानकारी दिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले बताए । वैदेशिक रोजगारीमा रहेका मनिहार केही दिनअघि मात्र घर फर्केका हुन् । पीडित युवतीका पति पनि वैदेशिक रोजगारीमा छन् । योसँगै जिल्लामा एकै साता बलात्कारका तीन घटना भएका छन् । गत शनिबार कपिलवस्तु नगरपालिका–१० कटुवाकी ७ वर्षे नाबालिकामाथि बलात्कार प्रयास भएको थियो । त्यसअघि मंगलबार कपिलवस्तु नगरपालिका–५ दलदलहाकी ५ वर्षे बालिका बलात्कृत भएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments