Incident Reports

स्वचालित इटालियन पेस्तोलसहित दुई भारतीय पक्राउ

2018-03-11

Madhes, Bara, Devtal

बारामा सशस्त्र प्रहरीले स्वचालित इटालियन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद २ घर भएका १९ वर्षीय चन्दन कुमार र सुन्दरपुर निवासी २० वर्षीय लक्ष्मीकुमार राय रहेका छन् । उनीहरुको साथबाट ‘नाइन-एमएम ब्रोनिङ्ग’ नामक इटालीयन स्वचालित पेस्तोल बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका प्रहरी उपरीक्षक बिनुप्रसाद पाठकले जानकारी दिए । पेस्तोलसहित उनीहरुको साथबाट त्यसमा लाग्ने म्यागजिन र दुई राउन्ड गोली पनि बरामद भएको छ । बोर्डर आउट पोष्ट बेल्दारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णु कुमार विसी नेतृत्वको टोलीले बाराको पचरौता नगरपालिका ४ स्थित गुलरिया टोलबाट आइतबार बिहान ८ बजे उनीहरुलाई प्रहरीले पक्रेको हो । ‘कारमा शंकास्पद अवस्थामा भारतबाट नेपाल आउँदै गरेका थिए, चेकजाँच गर्न खोज्दा भाग्ने प्रयास गरे,’ सशस्त्र प्रहरी निरीक्षक विसीले भने, ‘तत्काल घेरा हालेर हामीले पक्राउ गर्न सफल भयौं ।’ भारतबाट डीएल २ सीक्यू ४०५३ नम्बरको कारमा नेपाल आउँदै गर्दा नेपाल-भारत सीमा नाकाबाट ५ सय मिटरभित्र अमन एन्ड सुमन पेट्रोल पम्प नजिकै उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports
Related Trend Analysis