Incident Reports

मेयर चौधरीमाथि गोली प्रहार गरेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

2018-03-12

Sudurpashchim, Kailali, Ghodaghodi

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् । सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले उनी माथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको थियो । यसअघि, नेकपा माओवादील मेयर चौधरीमाथि कारवाही गर्ने विज्ञप्ती जारी गरेको थियो । राजीनामा नगरे कारवाही गर्ने विज्ञप्तीमा थियो । घटनापछि सो पार्टीले केही जिम्मेवारी लिएको छैन् । सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको नेकपाको कैलाली पार्टी कमिटिले विज्ञप्ती जारी गरेको थियो । अन्य आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । उनको गम्भीर अपराधलाई पनि सामान्य रुपमा लिएको आरोप लागेको थियो । तर शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरेका थिए । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताएका थिए । बोक्सीको आरोपमा किशोरीमाथि कुटपीट गर्ने विरुद्ध जाहेरी नलिने प्रहरी पनि कारवाहीमा परिसकेका छन् । अहिलेसम्म घटनामा आरोपित तीन जना पक्राउ परेका छन् । र, दुई जना विरुद्ध मुद्दा नै दर्ता भएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms , Sharp weapon , Small arms , Sharp weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari , Local Newspaper - Banke , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments