Incident Reports

एक सातादेखि हराएकी किशोरीको शव फेला

2018-03-06

Madhes, Parsa, Birgunj, Ward 18

एक सातादेखि हराएकी १५ वर्षीय किशोरीको शव राष्ट्रिय निकुञ्जको बीच जंगलमा गाडिएको अवस्थामा भेटिएको छ। जिराभावनी गाउँपालिका १, गम्हरियाका ४५ वर्षीय बुधन धाँगडकी छोरी १५ वर्षीय भुट्टी भनिने निदुवा धाँगडको शव प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी दीपक रेग्मीले बताए। फागुन २२ गते भुट्टी साथीहरूसहित दाउरा खोज्न भन्दै जंगल गएकी थिइन्। दाउरा लिएर साथीहरू फर्किए पनि उनी भने बेपत्ता थिइन्। भुट्टीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले घटनाको अनुसन्धानको लागि पाँच जनालाई पक्राउ गरेको एसपी रेग्मीले बताए। शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा लगिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments