Incident Reports

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आगो लगाउने प्रयास

2018-03-17

Bagmati, Chitawan, Bharatpur

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ । शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले आफुलाई रोकेर डिजेल छर्केको र आगो लगाउन खोज्दा भागेर जोगिएको सापकोटाले बताए । ‘यहाँ वरपर अरु पनि हुनुहुन्थ्यो । उहाँहरुले पनि के गरेको किन हो भन्नुभयो । म पनि दौडे नभए डिजेल छर्किसकेका थिए । आगो लगाउँथे,’ कानुन अधिकृत सापकोटाले भने । घटना स्थल वरपर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन् । घटनाको कसले र किन गरेका भन्ने कारण नखुलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments