Incident Reports

धनुषामा आठ वर्षीय बालकको हत्या

2018-03-17

Madhes, Dhanusha, Kamala, Ward 8

धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो । शनिबार साँझदेखि एकाएक घरबाट वेपत्ता भएका बालक रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरिरमा घाउ चोट र डाम भेटिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports