Incident Reports

बलात्कृत महिलाको हत्या प्रयास

2018-03-11

Province 1, Sunsari, Dharan

बलात्कारबाट गर्भवती भएकी महिलाको पोल खुल्ने डरले हत्या प्रयास गरिएको खुलेको छ । उनको फागुन २८ देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बेहोस अवस्थामा प्रतिष्ठानको प्रसूति विभाग पुर्‍याइएकी महिलाको गर्भबाट चिकित्सकले मृत शिशु निकालेका छन् । शिशुको तौल एक किलो चार सय ग्राम मात्र थियो । प्रहरीका अनुसार सुनसरीको चक्रघट्टी घर भएकी महिलालाई स्थानीय दुई युवकले पटकपटक बलात्कार गरेका थिए । पोल खुल्ने भएपछि उनीहरूले नै महिलाको हत्या गर्ने योजना बनाएका थिए। फागुन २५ गतेदेखि प्रकाशपुरबाट हराएकी ती महिला तीन दिनपछि मोरङको भाउन्ने जंगलमा फेला परेकी थिइन् । घाँसदाउराका लागि पुगेका स्थानीयले जंगलमा महिला बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी पुगेर उनको उद्धार गरेको थियो । प्रहरीले बलात्कार र हत्या प्रयासमा संलग्न दुवै युवकको खोजतलास भइरहेको जनाएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । पीडितले प्रहरीलाई बताएअनुसार आरोपीले उनलाई सलको पासो लगाएर घिसार्नुका साथै फलामे रडले घाँटी र हातमा प्रहार गरेका थिए । त्यसपछि रूखमा झुन्ड्याउनै लाग्दा स्थानीय महिलाले देखेपछि उनीहरू भागेका थिए । ‘स्थानीयले बेहोस अवस्थामा गर्भवती देखेपछि हामीलाई खबर गरे,’ प्रहरी निरीक्षक रामजी कटवालले भने । चिकित्सकका अनुसार पीडित महिलाको घाँटीमा चोट देखिएको छ । रडले घुच्चुकमा प्रहार गरिएकाले उनी टाउको सोझो पार्न सक्दिनन्। मुस्किलले बोल्नसम्म सकिरहेकी छन् । घाँटी र हातको थप उपचार गर्नुपर्ने भएकाले महिलालाई अझै केही दिन अस्पताल राखिने चिकित्सकले जनाए । करिब आठ महिनाअघिदेखि आफूमाथि पटकपटक बलात्कार भएको पीडितले बताइन् । उनका १४ र ४ वर्षका दुई छोरी र नौ वर्षका छोरा छन् । पति ६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी सन्तानसहित माइतीमै बसेर महेन्द्रनगर, चक्रघट्टीको शिवालयनजिकै होटलमा भाँडा माझ्ने काम गर्थिन् । ‘अर्काको होटलमा भाँडाबर्तन माझेर परिवारको पालनपोषण गर्दै आएकी थिएँ । त्यही क्रममा उनीहरूले मलाई पटकपटक बलात्कार गरे,’ उनले भनिन्, ‘कसैलाई भने ज्यान मार्ने धम्की दिएका थिए ।’ महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अजय जोशीले घटनास्थल बेलबारी प्रहरीको इलाकामा पर्ने भएकाले आरोपीलाई उतैको प्रहरीले पक्राउ गर्ने बताए । बेलबारी इप्रकाका प्रहरी निरीक्षक कटवालले आरोपीलाई पक्राउ गरी बलात्कार र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने जनाएका छन् । प्रहरीले प्रतिष्ठानमा नि:शुल्क उपचार व्यवस्था मिलाइदिए पनि औषधिबापतको १९ हजार रुपैयाँ तिर्न नसकेको पीडितका पिताले बताए । ‘हामी जस्ता अर्काको घरमा काम गरेर जीविका चलाउनेलाई १९ हजार तिर्न गाह्रो भयो,’ उनले भने, ‘हत्या गर्न खोजिएकी छोरी त बाँचिन् तर बलात्कारी अझै फरार छन् ।’ उनले छोरी बलात्कृत भएको कुरा डेढ महिनाअघि मात्र थाहा पाएको बताए । ‘तर, न्यायका लागि कहाँ जाने, कहाँ उजुरी दिने भन्ने नै थाहा भएन,’ उनले भने, ‘उल्टै छोरीलाई नै मार्न खोजे ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Morang

0 Comments