Incident Reports

बुहारी हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2018-03-16

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 5

KC Lamichhanne सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाकी २४ वर्षीया ज्ञान्तीदेवी यादवलाई कुटपिट गरी चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षीय ससुरा रामबालक प्रसाद यादवविरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । मृतक ज्ञान्तीदेवीका बुवा बहुदरामाई नपा-१ बिश्रामपुरका ४८ वर्षीय पारस राउत अहिरले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । आरोपित यादवलाई चैत ३ गते गिरफ्तार गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा डिएसपी राजन लिम्बुले बताए । दिउँसो १२ बजेतिर ज्ञान्तीदेवीलाई परिवारका सदस्यहरूले मिलेर कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका २५ वर्षीय पति रामबाबु यादव भने फरार रहेका छन् । शवको पोष्टमार्टम बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा चैत ३ गते भएको प्रहरीले जनाएको छ । केसी लामिछाने
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Parsa

0 Comments