Incident Reports

Minor girl raped at her own house

2018-03-19

Province 1, Morang, Sundarharaicha, Ward 7

An 11-year-old Dalit girl was found raped at her own house in Sundarharaincha municipality-7 of Morang on Monday night. Police found the girl wounded seriously and took her to Koshi zonal hospital for treatment. Police, quoting doctors involved in the girl's treatment informed that her condition was serious. She had reportedly been subjected to physical assault before being raped. Doctors found injuries on different parts of her body including her private organ. According to inspector Ramji Katwal of Area Police Office Belbari, the girl was in a very grave condition when police rescued her. Police arrested 20-year-old Kumar Raut on the charge of raping the girl. Raut has been identified to be a transport labour. Police arrested Raut who went on the run after raping the girl on the basis of a tip-off on Monday night. Police are preparing to file rape case against him. मोरङको सुन्दहरैंचा नगरपालिका ७ की ११ वर्षीया दलित बालिका सोमबार राति आफ्नै घरमा बलात्कृत भएकी छन्। प्रहरीले बलत्कार पीडित बालिकालाई मानसिक तथा शारीरिक रुपमा समेत विक्षिप्त भएको अवस्थामा फेला परेर उद्धार गरेको थियो। बालिकालाई उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बलत्कारबाट पीडित भएकी बालिकालाई गम्भीर अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। ‘बालिकालाई विक्षिप्त अवस्थामा उद्धार गरियो,’ उनले भने, ‘बलत्कारको पीडा सहन नसकेर पटक–पटक बेहोस समेत भएको पाइयो।’ कटवालका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट समेत देखिएको छ। योनीमा गहिरो चोट लाग्नुका साथै त्यहाँबाट रगत बगिरहेको छ। घटनाको प्रकृति र बालिकाको अवस्था हेर्दा बलत्कारमा संलग्नले सुरुमा डर देखाएको र नमानेपछि कुटपिट गरेको हुन सक्ने उनले बताए। कटवालका अनुसार उपचारमा संलग्न चिकित्सकले बालिका बलत्कारमा परेको पुष्टि गरेका छन्। शरीरिक रुपमा परिपक्व नभएको र शारीरिक क्षमता समेत विकास नभएका कारण बलत्कारबाट बालिकाको शरीरका विभिन्न भाग र अंगमा चोट लागेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। बालिकाको स्वास्थ्य अवस्था भने खतरा मुक्त छ। घटनामा संलग्न २० वर्षीय कुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ। राउत गाडीमा काम गर्ने मजदुर हुन्। बालिका बलत्कार गरेर फरार बनेका उनलाई विशेष सूचनाका आधारमा सोमबार राति नै पक्राउ गरिएको कटवालले बताए। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन प्रहरीले मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ। घरमा परिवारका सदस्य कोही पनि नभएको र एक्लै बसेको मौका छोपेर बालिकामाथि बलत्कार भएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments