Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2018-03-27

Lumbini, Banke, Kohalpur

१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्‍याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फकाई-फुलाई दुई जना भारतीय नागरिकसँग मिलेर कोहलपुर नपाकी २८ वर्षीया सितली नेपालीले बेचबिखनको तयारी गरेको प्रहरीको आरोप छ । भारत पिलिभितका ३२ वर्षीय सुर्यजीत सिंहसँग मिलेर दुई सन्तानका बावु २२ वर्षीय भारतीय नागरिक सत्नाम ठाकुरसँग बालिकाको विवाह गर्ने भन्दै बालिकालाई फकाएको प्रहरीले जनाएको छ । चैत ११ गते बिहान सात बजे चप्परगौडीमा ‘फोटो खिच्न’ भनी बालिकालाई उनीहरूले ल्याएका थिए । चप्परगौडीबाट कोहलपुर, नेपालगञ्ज हुँदै नाका पार गराउने उनीहरूको रणनीति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चप्परगौडीबाट बालिका भागेर माइजु कहाँ पुगेर सबै कुरा बताएकी थिइन् । इलाका प्रहरी कार्यालय, कोहलपुरले चैत १३ गते पत्रकार सम्मेलन गरेर घटनाको सार्वजनिक गरेको थियो । प्रहरीले नेपाली र दुई भारतीयलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको छ ।

0 Comments