Incident Reports

बेवारिसे अवस्थामा भटिएको सकेट बम सेनाद्वारा निष्कृय l

2013-08-21

Man Bahadur Chaudhary बगनाहा गाविस-१ शाहीपुरमा भदौ ५ गते बेवारिसे अवस्थामा भेटिएको नौ ओटा सकेट बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सोही ठाउँका रामलखन चौधरीको बारीमा शौचालयको सेफ्टी ट्याङ्कीको लागि खाल्डो खन्दा प्लाष्टिकमा बेरिएको अवस्थामा उक्त सकेट बम फेला परेको थियो । पुरिएको अवस्थामा बम भेटिएपछि प्रहरीलाई जानकारी गराएको रामलखन चौधरीले बताए । बम भेटिएको जानकारी पाउने वितिक्कै प्रहरी घटना स्थल पुगि सुरक्षा दिनुको साथै निष्कृय गराउन नेपाली सेनासँग समन्वय गरेको थियो । सो सकेट बम द्वन्द्वको समयमा माओवादीले माटोमा पुरेर राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis