Incident Reports

Unidentified group arsoned Kalika Construction in Sindhuli

2018-04-02

An unidentified group of people has detonated a bomb at the central office of Kalika Construction in Haripurgadhi of Hetauda last night. They have also arsoned a Bolero jeep and two Tripper. The District Police Office of Sindhuli said that the motive behind the explosion and people involved are not identified. Police suspect the cadres of Chand might have been involved in the incident. Police are further investigating the case. सिन्धुलीको हरिहरपुरगढीस्थित कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको छ । हेटौंडा-सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी-५ झ्याडीस्थित क्याम्पमा गएराति १ बजेतिर विस्फोट र आगजनी भएको हो । आगजनीबाट एउटा बोलेरो जिपमा पूर्ण क्षति र दुईवटा ट्रिपरमा आंशिक क्षति भएको प्रारम्भिक जानकारी आएको एसपी टिकाबहादुर केसीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘गएराति एक बजेतिरको घटना हो, विष्फोट भएको आवाज पनि सुन्नमा आएको भन्ने छ, अनुसन्धान गर्दैछौं ।’ आगजनी र विस्फोट गराउने समूहको पहिचान भएको छैन । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ । धरान-चतरा सडकखण्ड निर्माण कार्यमा कालिका कन्स्ट्रक्सन संलग्न थियो । क्याम्पमा तारबार गरिएको थिएन । विस्फोट र आगजनीबाट करोडौं मूल्य बराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको अनुमान गरिएको छ । क्षतिको पूर्णविवरण आउन बाँकी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Arson
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments