Incident Reports

NCP cadres, cops clash in Dhangadhi

2018-04-07

Sudurpashchim, Kailali, Dhangadhi

A clash broke put between police and Netra-Bikram Chand cadres at Chatakpur, Dhangadi on Saturday. Nepal Communist Party Seti Beureau Office ,e,ber Bibek Kuma Claumed that five cadres of his party were injured. Police have arrested as many as 19 cadres of the party. They have been kept in the custody of District Police Office, Kailali. The clash had erupted when police personnel tried to disperse a rally organized by the NCP cadres. धनगढीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जनआन्दोलन दिवसको अवसर पारी शनिबार कम्युनिस्ट पार्टीले धनगढीमा प्रदर्शन गरेको थियो। प्रदर्शन गर्दै ट्राफिक चौराहमा पुग्दा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको हो। झडपपछि प्रहरीले विप्लवका १८ कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका कञ्चनपुर इन्चार्ज दलबहादुर धामी, सेती अञ्चल ब्यूरो कार्यालय सचिव डबल शाह, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य वीरेन्द्र शाहलगायत रहेका छन्। जनआन्दोलन दिवस मनाउने क्रममा नेकपाका कार्यकर्ता अघि बढ्दै गर्दा ट्राफिक चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गर्दा जुलुस तितर बितर भएको थियो। जुलसलाई रोक्न खोज्दा विप्लव कार्यकर्ता प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले जुलुस रोक्ने प्रयास गर्दा झडप भएको जानकारी दिए। झडपमा केही प्रहरी जवान समेत घाइते भएका छन्। झडपपछि धनगढीको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। कैलाली र कञ्चनपुरबाट दुई हजारको हाराहारीमा आएका विप्लव कार्यकर्ताले हातहातमा झण्डा र जनसत्ता लागू गर, जनता माथिका दमन बन्द गर जस्ता नारा लेखेका प्ले कार्ड बोकेका थिए। प्रदर्शन पूर्व निर्धारित रहेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ। उनीहरुले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीको हस्तक्षेप भएको भन्दै प्रहरी हस्तक्षेपको चर्को विरोध जनाएका छन्। प्रहरीले प्रशासनलाई पूर्वसूचना बिना नै कार्यक्रम गरेकाले जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न नदिने निर्णय गरेको जनाएको छ। तर, नेकपामा महाकाली ब्यूरो ईञ्चार्ज असिना र सेती ब्यूरो इञ्चार्ज सिकन्दरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै प्रहरी हस्तक्षेपको निन्दा गरेका छन्। प्रहरी दमनमा ५३ कार्यकर्ता घाइते भएको उनीहरुको दाबी छ। उनीहरुले २० जना पक्राउ परेको भन्दै तत्काल रिहाइको माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments