Incident Reports

ग्यास सिलिण्डर बम बिस्फोट, सुतली बम निस्कृय

2018-04-08

Province 1, Udayapur, Triyuga, Ward 7

उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेमा अज्ञात समूहले आइतबार बिहान वम विस्फोठन गराएको छ । बिहान ७ बजेको समयमा जेआईसी शर्मा लामा जेभी क्रसर उद्योगलाई लक्षित गरी अज्ञात समूहले ग्यास सिलिण्डर बम विस्फोट गराएको हो। बिस्फोटनबाट क्रसर उद्योगको स्क्रिन मेसिनको कन्वेयर बेल्ट र मटर जलेर नष्ट हुँदा १ करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घटनाको अनुसन्धान गर्नेक्रममा इलाका प्रहरी कार्यालयले जलजलेबाट खटिएको प्रहरीको टोलीले उद्योगलाई लक्षित गरी राखिएको अर्को सुतली बमसमेत सोही ठाउँबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। बम फेला पारे लगत्तै प्रहरीले घेरा हालेर सुरक्षित गरेको थियो । लगत्तै त्रियुगा नगरपालिका १० बोक्सेस्थित नेपाली सेनाको रणशार्दुल गणको एक टोलीले बम निस्कृय बनाएको एसपी भट्टले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इप्रका जलजलेबाट ५ किलोमिटर उत्तर पर्दछ । बिस्फोठनको हालसम्म कुनै पंक्षले जिम्मा लिएको छैन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments