Incident Reports

Complaint lodged against caste based discrimination

2018-04-06

Bagmati, Sindhupalchok, Jugal, Ward 5

A complaint against Principal of Pokhari Primary School Chet Narayan Paudel, 35 of Jugal Rural Municipality-5, Barmchi has been lodged at Area Police Office Jalbire on charge of expelling 16 years old Suman Mijar and 17 years old Kishan Mijar of same Rural Municipality-1 from the rented house just being a Dalit. The victim’s party claimed that they were expelled from the house by the accused while they were preparing for SEE exam in their rented room. The victim’s party had lodged complaint at Area Police Office on March 21 against the accused and re lodged complaint on April 6 after their case was not heard. DSP Bimal Raj Kandel of DPO said that the incident will be investigated and the accused will be charged under the caste based discrimination act, if found guilty. The accused is released on date and investigation is undergoing according to DSP Kandel. चौतारा सागाचोकगढी नपा-२ का १७ वर्षीय किसन मिजार र जुगल गाउँपालिका-१ सेलाङका १६ वर्षीय सुमन मिजारलाई दलित भएकै आधारमा घरमा डेरा गरी बसेको अवस्थामा घरबाट निस्काशन गरेको आरोपमा पीडितपक्षले चैत २४ गते जुगल गाउपालिका-५ बराम्ची घर भई सोही ठाउँ स्थित श्री दोमङ पोखरी प्रावका प्रधानाध्यापक ३५ वर्षीय चेतनाराय पौड्यालविरूद्ध इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी दिएको छ । आनन्द मावि जलविरेबाट एसईई परीक्षा केन्द्र श्री रत्नराज्य मावि बराम्चीमा कोठा खोजी आरोपितको घरमा बसेको बेलामा दलित भनी कोठाबाट चैत ६ गते निष्काशन गरेको पीडित पक्षको भनाई छ । पीडितपक्षले चैत ७ गते इलाका प्रहरी कार्यालय जलविरेमा उजुरी दिएपनि सुनुवाइ नभएपछि चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको पीडित पक्षको भनाई छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरी आवश्यक छानबिन गर्न इलाका प्रहरी कार्यालय जलबिरेलाई आदेश गरेपछि उजुरी चैत २४ गते पुनः इप्रकामा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कँडेलले बताए । डिएसपी कँडेलका अनुसार आरोपित शिक्षकलाई सम्बन्धित वडामा वडा अध्यक्षका जिम्मामा तारेखमा छाडिएको छ भने इलाका प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis