Incident Reports

​ लिखु गाउँपालिकाका अध्यक्षमाथि सुतेकै ठाउँमा आक्रमण ’

2018-04-10

ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको छ । मंगलबार राति १० बजे अपरिचित समूहबाट अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको हो । घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिनुभयो । गाउँपालिका कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि कुटपीट गरेको अध्यक्ष पौडेलले बताउनुभयो । ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही नागरिक दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ अध्यक्ष पौडेलले टेलिफोनमा भन्नुभयो–‘ढोकाबाट बाहिर निस्कनासाथ ममाथि आक्रमण भयो ।’ पौडेललाई गाउँपालिकाको वडा नम्बर – ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि बिहीबार मात्रै थप उपचारका लागि काठमाडौं जाने उहाँले बताउनुभयो । आक्रमणबाट घाइते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छी औंलाको नङ सहितको भाग फुटेको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’ शर्माले भन्नुभयो, ‘अपराधी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउँछौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Other Sources

0 Comments

Related Reports