Incident Reports

बालिका बेच्न खोज्ने तीन पक्राउ

2018-03-28

बालिकालाई विवाहको नाटक गरेर भारतीयसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएका छन्। कोहलपुरकी सितली नेपालीले बालिकालाई फकाई फुलाई दुई जना भारतीय संग मिलेर बेचबिखनको मेसो मिलाएको प्रहरीको भनाइ छ। भारत पिलिभितका ज्वाइ सूर्यजीत सिंह संग मिलेर नेपालीले बालिकाको २२ बर्षीय भारतीय सत्नाम ठाकुरसंग विवाहको नाटक रचेकी थिइन। ठाकुर दुइ सन्तानका पिता हुन्। चैत ११ गते फोटो खिच्न भनेर उनिहरुले बालिकालाई ल्याएका थिए। चप्परगौडीबाट कोहलपुर, नेपालगंज हुदै नाका पार गराउने उनीहरुको प्रारम्भिक रणनीति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चप्परगौडीबाट बालिका भागेर माइजुकहाँ पुगेर सबै बेलिबिस्तार सुनाएपछि घटना प्रहरी कार्यालयमा पुगेको हो। बालिकाको परिवारको आर्थिक कमजोरीसंग उनीहरुले खेल्ने प्रयास गरेका थिए। आँखाको समस्या रहेका बालिकाका बुवालाई सहयोग गर्नेदेखि सोझी आमालाई आर्थिक प्रलोभनमा पारेको पाइन्छ। इलाका प्रहरी कार्यालय, कोहलपुरले मंगलबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको हो। प्रहरीले नेपाली र दुइ भारयीयलाई मानव बेचबिखन तथा ओसारप्रसारमा मुद्दा चलाएको छ।

0 Comments