Incident Reports

अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

2018-03-14

महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्वीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरि पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा नवलपुर् जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर् महानगरपालिका-१२ बस्ने सुविन केसी भन्ने तिर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकरी दिए। सापकोटाले भरतपुर महानगरपालिका-२२ कि एक महिलाको फोटो ब्ल्याक्मैलिंग गरि रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए। त्यसपछि विभिन्न नम्बरबात फोन गरि रु तिन लाख माग गरेको र सो रकम नदिए सामाजिक संजालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पिडितबात उजुरी परेपछि सापकोटालाई मंगलवार भरतपुरको हाकिमचोकबात पक्राउ गरिएको थियो।
Local Newspaper - Parsa

0 Comments