A group of unidentified persons torched a pick-up truck laden with goods at Puwakhola in Ilam Municipality-4 of Ilam along the Mechi Highway on Saturday.
According to the District Police Office, Ilam, a group of five to seven persons torched the truck (Me 1 Cha 78) heading towards Phidim from Birtamode this morning, police said. RSS
मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ।
बिहान साढे २ बजेतिर राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए । चालक बिब्ल्याँटे बजारमा शुक्रबार राती बास बसेर शनिबार बिहान पाँचथर जाँदै थिए । ‘आगजनीबाट गाडीको ड्राइभर बस्ने सिट जलेको छ, करिब २ लाख रुपैयाँको क्षति भएको अनुमान छ,’ उनले भने । आगजनी गर्ने समूहको खोजी भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।
यातायात व्यवसायीले शुक्रबार देशभर यातायात बन्द आह्वान गरेका थिए । तर, व्यवसायीको बन्द शनिबारदेखि फिर्ता भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि बन्द आह्वान गरेकाले मेची राजमार्गमा सवारीका साधन पातलो गरी चलेका छन् ।