Incident Reports

Man fatally stabbed at wedding party

2018-05-08

Madhes, Saptari, Shambhunath

A man was fatally stabbed at a wedding party in Shambhunath Municipality, Saptari, on Monday night. Ajaya Chaudhary, 30, of Bhangaha village died in the incident. Police have arrested seven suspects in connection to the incident. (RSS) सप्तरीको शम्भुनाथ नगरपालिकामा मंगलबार बिहान विवाहको भोजमा भएको विवादपछि हथौडा प्रहारबाट एक युवकको हत्या भएको छ ।शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरीको टाउकोमा गरिएको हथौडा प्रहारबाट मुत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । अजयको काकाको छोरीको विवाहमा उनको स्थानीय आनन्द चौधरीसँग विवाद भएको प्रत्यक्षदर्शीले बताए । जन्ती शम्भुनाथ नगरपालिका–५ मोहनपुर कठौनाबाट आएको थियो । मादक पदार्थ खाएर जिस्काएको भनी युवतीहरुले बेहुलीका दाजु बिजय र अजयलाई गुनासो गरेपछि विवाद भएको थियो । विवादपछि घर परिवारका सदस्यले मादक पदार्थ सेवन गरेर अद्र्धबेहोस अवस्थामा रहेका आनन्दलाई बाँधेर रातभरी नियन्त्रणमा राखेका थिए । विहानपख शौच लागेको बहाना बनाई डोरी खोल्न लगाएर निस्किएका आनन्दले हथौडा प्रहार गरी हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ । घटनामा संलग्न हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरले सात युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित चौधरी भने फरार भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Rautahat

0 Comments