Incident Reports

ओखलढुंगामा एक महिला ३ दिनमा २ जनाबाट बलात्कृत

2018-03-07

Province 1, Okhaldhunga, Siddhicharan

ओखलढुंगामा एक जना महिला तीन दिनमा दुई ब्यक्तिबाट बालात्कृत भएको खुलासा भएको छ । पीडितले प्रहरीमा गत फागुन २३ र २५ गते फरकफरक स्थानमा दुई ब्यक्तिबाट आफू बालात्कृत भएको उजुरी दर्ता गराएपछि यसको रहस्य खुलेको हो । तर, पीडितले घटना भएको लामो समयपछि अर्थात बैशाख १७ गतेमात्रै उजुरी दर्ता गरेकी छन् । घटना भएको लामो समयपछि उजुरी दर्ता भएपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उजुरी दर्तापछि आरोपित दुई जनालाई प्रहरीले गत सोमबार नै पक्राउ गरी हिरासतमा राखेको जनाएको छ । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । घटनाबारे अनुसन्धान भैरहेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC

0 Comments