Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-08

Durga Pariyar १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले माघ महिनादेखि पटकपटक बलात्कार गरेको बालिकाले बताएकाले प्रहरीमा उजुरी दिइएको हो । पीडित बालिकाको अढाई महिनाको गर्भ रहेको थाहा भएपछि पीडित पक्षले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २५ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २५ गते गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर बिरेन्द्र ठाकुरका अनुसार आरोपित बालकलाई गिरफ्तार गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाएको बताए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments