Incident Reports

भरूवा बन्दुक सहित पक्राउ

2018-05-10

Bagmati, Ramechhap, Khadadevi, Ward 1

गोकुलगंगा गाउँपालिका-६ बस्ने १९ वर्षीय सबिन तामाङ र सिन्धुली साबिक पुरानो झांगाझोली घर भई हाल सुनकोशी गाउँपालिका-५ बस्ने १८ वर्षीय शम्शेर तामाङलाई १ नाल भरुवा बन्दुक सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । खाडादेबी गाँउपालिका-१ स्थित लुभुघाटमा सिन्धुलीतर्फ जाँदै गरेको अबस्थामा प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis