Incident Reports

बेचबिखन घटनाका आरोपितविरुद्ध उजुरी

2018-05-10

Bagmati, Chitawan, Ratnanagar, Ward 10

१९ वर्षीया युवतीलाई भारतको वृन्दावनमा लगेर बेचेको भन्दै रत्ननगर नपा-१० का ४० वर्षीय सरोज लम्साल, ४४ वर्षीय सूर्य लम्साल, २७ वर्षीय सरु लम्साल, ६० वर्षीया गङ्गा लम्साल र ३२ वर्षीया अप्सरा लम्सालविरुद्ध पीडित पक्षले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित युवतीलाई बेचेको आरोपमा उनीहरू विरुद्ध उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । मानव बेचबिखन घटनाका आरोपित अप्सराबाहेक अन्य आरोपितहरूलाई वैशाख २७ गते नै गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

0 Comments