Incident Reports

बालविवाह, बहुविवाह र शारीरिक यातनाबाट पीडित बालिका ‘आमा’ जीवन मरणको दोसाँधमा

2018-05-05

Province 1, Sunsari, Inaruwa, Ward 3

१२ वर्षको कलिलो उमेरमा विवाह गरेकी इनरुवा नगरपालिका-४ की १३ वर्षीया ममता मरिकका सुत्केरी पछिका दिन निकै पीडादायी बन्दै आएका छन् । वैशाख २२ गते छोरीकी आमा बनेकी ममता आफूलाई त राम्रोसँग स्याहारसुसार गर्न जान्दिनन् भने त्यसमाथि परिवारको टोकसो र किचलोले घरबाट निकालिपछि उनी थप पीडा र हिंसाको चपेटामा छिन् । एक वर्षअघि सिरहा गोलबजारका प्रकाश मरिकसँग विवाह गरेकी उनी अहिले इनरुवा अस्पतालमा आधारित हिंसासम्बन्धी एकद्वार सङ्कट ब्यवस्थापन केन्द्रमा उपचार गराइरहेकी छन् । छोरी जन्माएको आरोपमा पति र उनका परिवारले घरबाट निकालेपछि नवजात शिशु लिएर उनी वैशाख २६ गतेदेखि इनरुवा अस्पतालको उपचार कक्षमा छन् । पोषण अभावले कुपोषित छोरीलाई काखमा लिएकी ममता बालविवाह र अपरिपक्क अवस्थामै आमा भएकाले पनि थप पीडामा परेकी हुन् । प्रकाशको घर पुगेपछि मात्र पतिको कान्छी पत्नी बनेको थाहा पाएकी ममता बुवा र आमा बाहेक कोहीसँग उपचार गर्न र गराउन जान चाहन्नन् । सुत्केरी अवस्थामै कुटपिटबाट प्रताडित बनेकी ममता र उनकी कुपोषित छोरीलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय सुनसरीको सहयोगमा वैशाख ३१ गते पोषण पुनः स्थापना गृह चापागाँउ ललितपुर लैजान खोजिएपनि लैजान नसकिएको व्यवस्थापन केन्द्रकी स्रोत व्यक्ति मीना भण्डारीले बताइन् । भण्डारीका अनुसार ममता आमाबावु भन्दा अरुलाई विश्वास गर्दिनन् भने त्यसमाथि जहाजले लैजान नमानेपछि उनलाई पुनः इनरुवा अस्पतालमै फर्काइएको छ । भण्डारीले ममतालाई थप उपचारका लागि जेठ १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी गरेको बताइन् । बच्चा कसरी समात्ने र स्याहार सुसार कसरी गर्ने भन्नेमा पूर्णतः अनभिज्ञ ममता बच्चालाई दूध समेत चुसाउन जान्दिनन् । उपचारमा संलग्न डक्टर तुषार झाले आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त नभएको बताए । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित भएको डक्टर झाको भनाई छ । छोरी जन्माएको भन्दै पति र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित बालिकालाई खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् । ममताले आफूलाई पतिसहित परिवारका सदस्य मिलेर घरबाट लखटेको बताइ्न् । घरपरिवारबाट अपहेलित र हिंसाबाट पीडित बनेकी ममता माइतीको शरणमा पुगेपनि आर्थिक अवस्था कमजोर रहेको भन्दै उनको माइती पक्षले केही गर्न नसक्ने जनायो । ममताका बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् । रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुज्रिएकी बालिका ‘आमा’लाई मात्र हैन कुपोषित बच्चा दुवैलाई बचाउन कठिन हुने परिस्थितिको निर्माण भएको स्वास्थ्यकर्मीको तर्क छ । नेपालमा २० वर्षमुनीको विवाह कानुनद्वारा बर्जित भएपनि समाजमा बालविवाह भइरहेको पाइन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Jhapa

0 Comments