Incident Reports

बन्दुकसहित एक पक्राउ

2018-05-11

Bagmati, Makawanpur, Bakaiya, Ward 7

प्रहरी चौकी हात्तीसुड़ेबाट खटिएको प्रहरीले बकैया-७, मामद्मार जम्बुखोला बस्ने बर्ष ४५ का लालबहादुर कामीको घरबाट अवैध भरुवा बन्दुक बरामद गरेको छ। उनले विभिन्न किसिमका बन्दुक र कटुवा बनाउदै गरेको सूचनाका आधारमा घर चेक गर्दा भरुवा बन्दुक बनाउंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथ्बाट विभिन्न उपकरण तथा फलामका टुक्रा नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम कारवाही भैरहेको छ। फलामको सनासो ३ थान, हात आरो १ थान, भरुवा बन्दुकको नाल बनाउन प्रयोग गर्ने फलामको पाइप ५ थान, रेती ३५ थान, हठौडी ४ थान, हेसको ब्लेड १ थान, काठमा प्वाल पार्ने बर्मा ३ थान, फलामको छिनो ४ थान र बन्दुक आकारको काठ १ थान बरामद भएको छ।
Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis