Because of the bandh announced by CPN-Biplab on May 13, lives of people in Surkhet have been adversely affected. Because of the same, the mobility of vehicles in the long routes and short routes were halted. Apart from that, industries, businesses, education institutions and market were all shut. However, ambulances, motorcycles, press vehicles and water tanks were seen on the streets.
नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा आइतबार जिल्लाको जनजीवन प्रभावित भएको छ। छोटो दूरीका कुनै पनि सार्वजनिक सवारीसाधन संचालन हुन सकेनन। बन्दमा उद्योगधन्दा, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था र बजार सबै ठप्प भएका छन्। यातायातका साधन नचल्दा सुर्खेत आउने नागरिकलाई सास्ती खेप्नु परेको थियो। सडकमा बन्दकर्ता नभएपनि एल्बुलेंस, प्रेस, पानीका गाडी, मोटरसाइकल र अटो रिक्सा निर्वाधरुपमा चलेका थिए। कर्णाली राजमार्ग र रत्नराजमार्ग चल्ने लामो दूरीका सवारीसाधन चल्न सकेनन। जिल्ला भरी बन्दका क्रममा कुनैपनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।