Incident Reports

Two injured in the attack by priest

2018-05-15

Madhes, Mahottari, Bardibas, Ward 3

Two youths from Bardibas municipality-3 of Mahottari has been injured in the beating by a man. Basanta Balampi who called himself a priest beat Ramesh Pariya and Madav Dhungel on Tuesday inside the jungle. Injured youths said that the Basanta and his follower attack them all of sudden when they saw the group taking drugs. Injured youths are receiving treatment in the hospital. बर्दिवास नगरपालिका ३ मा आफूलाई बाबा भन्नेको कुटपिटबाट २ जना गम्भीर घाइते भएका छन् । आफूलाई बाबा बताउने बसन्त बलम्पाकीलगायतका युवाहरुको कुटपीटबाट घाँस काट्न गएका बर्दिवास नगरपालिका ३ का २९ वर्षका रमेश परियार र माधव ढुङ्गेललाई कुटपीट गरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । बाबाको कुटपिटबाट घाइते रमेशको खुट्टा भाचिएको छ भने शरीर भरी निलडाम रहेको छ । अर्का घाइते माधव ढुङ्गेलको मेरुदण्डमा चोट लागेको छ । मन्दिर परिसरमा आफूलाई बाबा भन्ने र उनका सहयोगीहरु लागूऔषध सेवन गरी बसेको र कुटपिट गरेको घाइते ढुङ्गेलले बताए । बाबासहित केही युवाहरुले एक्कासि साङ्ग्घातिक हमला गरेको उनको भनाइ छ । घाइतेहरुलाई स्थानीयले मंगलबार राति जंगल क्षेत्रबाट उद्दार गरेका थिए । बेहोस र अर्धनग्न अवस्थामा घाइतेहरुको उद्दार गरिएको बर्दिबास नगरपालिका ३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए । बाबा बल्मपाकी लगायत केही युवाहरुले त्यहाँ आउने ब्यक्तिहरुलाई उपचारको नाममा कुटपिट गर्ने गरेको स्थानीय शिव कार्कीले बताए । उक्त स्थानमा बाबासहितका केही युवाहरुले उपचारको नाममा युवती राखेर यौनशोषण गर्ने गरेको गुनासो पनि आएको कार्कीले बताए । बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले धर्मको नाममा अपराधिक कार्य गर्ने बाबालाई कडा कारबाही गर्न प्रहरी प्रशासन समक्ष अनुरोध गरेको बताए । बाबा भन्न्ने बलम्पाकीसहितका युवाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments