Incident Reports

भतिजाको हत्या गर्ने काका पक्राउ

2018-05-08

Madhes, Saptari, Shambhunath, Ward 7

आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर झगडा भएको थियो । सो झगडापछि आक्रोशित बनेका आनन्दले राति सुतेको अवस्थामा भतिजा पर्ने अजयको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । अजयको हत्या गरी फरार रहेका आनन्दलाई प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेर सार्वजनिक गरको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments

Related Reports